विराटचोकः वाणिज्य बैंकहरूले असार महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले ब्याजदर घटाएका छन् वा स्थिर राखेका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
यस्तो छ असार महिनाका लागि बैंकको ब्याजदर
एनआईशी एशिया बैंकको घट्यो
व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंकले व्यक्तिगतमा घटायो, संस्थागतमा स्थिर
बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंकको ब्याजदर स्थिर
बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ ।
कुमारी बैंकले घटायो व्यक्तिगततर्फ
कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.६१ र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.९६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
कृषि विकास बैंकले राख्यो स्थिर
बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंकको पनि स्थिर
ग्लोबल आईएमई बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
नबिल बैंकको स्थिर
बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो स्थिर
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंकले पनि गरेन परिवर्तन
नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । असार महिनका लागि पनि सोही ब्याजदरलाई निरन्तरता दिएको छ ।
नेपाल बैंक लिमिटेडको स्थिर
बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैंकले गरेन परिवर्तन
प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंकले घटायो व्यक्तिगततर्फ, संस्थागततर्फ स्थिर
प्राइम कमर्सियल बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
माछापुच्छ्रे बैंकको स्थिर
बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको स्थिर
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ घटायो, संस्थागततर्फ स्थिर
लक्ष्मी सनराइज बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकको पनि स्थिर
सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर तोकेको छ ।
सिद्धार्थ बैंकको स्थिर ब्याजदर
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले घटायो
स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदर ब्याजदर घटाएको छ । बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ३.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिएको थियो ।
हिमालयन बैंकले घटायो ०.२५ प्रतिशत ब्याजदर
हिमालयन बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले जेठ महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।




