Wednesday, June 3, 2026
Homeसमाचारलेटाङमा उद्धार तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा

लेटाङमा उद्धार तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा

लेटाङः लेटाङ नगरपालिकामा उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । लेटाङ–५ मा निर्माण गरिएको उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र नेपाली सेनाको पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाध्यक्ष सगनजंग कार्कीले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।

विभिन्न विपत् तथा महामारीको समयमा मानिसहरुलाई उद्धार गरी आश्रय दिने उद्देश्यले निर्माण गरिएको उद्धार केन्द्रलाई अन्य समयमा ज्येष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने बताइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भुपेन्द्रकुमार लावतीले ज्येष्ठ नागरिकहरुको हकहितका लागि नगरपालिकाले ज्येष्ठ नागरिक ऐन समेत निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाँले सेवा केन्द्रमा ज्येष्ठ नागरिकलाई आवश्यक आधारभूत सामग्री तथा चिया खाजाको समेत व्यवस्था गरिने बताउनुभयो ।

नगर प्रमुख लावतीले उद्धार केन्द्र परिसरमै निर्माण गरिएको नगर अस्पताल समेत चाँडै सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । यसै आर्थिक वर्षभित्रमा सञ्चालन गर्ने तयारी गरिए पनि केही प्राविधिक समस्याका कारण ढिलाइ भएको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षको शुरुमै नगर अस्पताल सञ्चालन गरिने बताउनुभयो ।

नगर उपप्रमुख कृष्णकुमारी निरौलाले ज्येष्ठ नागरिकहरुको हितलाई ध्यानमा राख्दै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चलानमा ल्याएको जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुले सेवा केन्द्रमा भेला भएर दिनभर गफगाफ तथा भजनकीर्तन गर्दै रमाइलो गर्न सक्ने भन्दै उहाँले स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाइने जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक समाज लेटाङका अध्यक्ष पदमबहादुर खड्काले लेटाङ नगरपालिकाले ज्येष्ठ नागरिकहरुका लागि ज्यादै सह्रानीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, नेपाली सेनाको पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाध्यक्ष सगनजंग कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, ज्येष्ठ नागरिक समाजका प्रतिनिधिहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments