काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार र सल्लाहकार राजु सिंहले एभीएम टिम टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको छ ।
एभीएम टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक क्लबका सदस्यबीच प्रतिस्पर्धा भएको थियो ।
सोही अवसरमा अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा यही जेठ १४ गतेदेखि शुरु हुने ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने एभीएम क्लबका खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ पनि गरिएको थियो ।




