विराटचोकः यही जेठ १६ गतेदेखि चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ हुने भएको छ ।
सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका तथा आयोजक सुन्दरहरैंचा नगरपालिका सहभागी हुने भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे धरान उपमहानगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने भएको छ ।
आयोजक सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिकाबीच जेठ १७ गते प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ ।
जेठ १८ गते केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच तथा जेठ १९ गते लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको फाइनल खेल जेठ २३ गते शनिबार दिउँसो ३ बजे हुने भएको छ ।




