Sunday, May 17, 2026
Homeअर्थवित्त४ करोडको भवन अढाइ करोडमा लिलाम गर्न लागेपछि सांसद लालविक्रम थापाद्वारा प्रक्रिया...

४ करोडको भवन अढाइ करोडमा लिलाम गर्न लागेपछि सांसद लालविक्रम थापाद्वारा प्रक्रिया रोक्न माग

इटहरीः समस्याग्रस्त अम्बे बचत तथा ऋण सहकारी संस्थाको भवन न्यून मूल्यमा लिलाम बिक्री हुन लागेपछि लिलामी प्रक्रिया रोक्न सांसल लालविक्रम थापाले माग गरेका छन् ।

अढाई करोडमा लिलामी गर्न लागिएको सो भवनमा ४ करोड रुपैयाँ खर्च भएको सांसद लालविक्रम थापा बताउनुहुन्छ ।

सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘सम्पत्तिमाथिको संवैधानिक हक, सहकारी ऐन, नियमावली तथा मुलुकी देवानी संहिताले प्रदत्त गरेको अङ्सियार शेयरधनीहरू समेत बचतकर्ताको हक अधिकार नजर अन्दाज गर्न कसैलाई छुट छैन ।

झन्डै १५ वर्षअघि इटहरीका नागरिकको करिब ३ करोड लगानीमा घर जग्गा खरिद पश्चात करिब १ करोड थप लगानी गरी तला थप र मर्मतसमेत गरिएको अम्बे सहकारी संस्थाको यो भवन आज साढे २ करोड हाराहारीमा लिलामी गर्ने तयारी हुनु अत्यन्तै गम्भीर विषय हो ।

यो भवन कुनै व्यक्तिको निजी सम्पत्ति होइन, हजारौँ नागरिकको पसिनाबाट बनेको सम्पत्ति हो । त्यसैले अङ्सियार शेयरधनी र बचतकर्ताको रकम सुरक्षित फिर्ता हुने सुनिश्चित नभएसम्म लिलामी प्रक्रिया तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।

इटहरीको अम्बे कोशी सहकारीका बचतकर्ताले फिर्ता पाउन थाले बचत रकम, देशमै पहिलो पटक सहकारीपीडितको रकम फिर्ता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments