तरहराः इटहरी–२० तरहरास्थित जंगलमा घाँस काट्न गएकी महिलाले झाडी छेउमा एक नवजात शिशु फेला पारिन् ।
ती महिलाले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अत्यन्त सावधानीपूर्वक नवजात शिशुको उद्धार गरी शिशुलाई उपचारका लागि इटहरी अस्पताल लगियो ।
उपचारका क्रममा चिकित्सकहरूले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत् शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको जिम्मा लगाइएको छ ।
शिशु कसले जङ्गलमा छोडेको हो भन्ने विषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।




