Monday, May 11, 2026
Homeशिक्षा र स्वास्थ्यएसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । आवश्यक प्राविधिक काम तीव्र रूपमा अघि बढाइएको छ ।

आज साँझ बोर्ड बैठक बोलाइएको छ । सो बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।

एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । सरकारले १ महिनाभित्रमा एसईईको नतिजा सार्वजनिक गरिने बताएको थियो ।

एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments