काठमाडौंः नेपालका पाँच तारे होटलमा कोठा संख्या २ हजार ३ सय ४६ पुगेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै कोठा तारागाउँ रिजेन्सी होटल बौद्धमा छन्
विभागका अनुसार होटलमा २९० वटा कोठा रहेका छन् । सोल्टी होटलमा २८२ वटा कोठा छन् । होटल मेरियटमा २१५ वटा कोठा छन् । अन्नपूर्णमा १५३ तथा होटल मेची क्राउनमा १०१ र पोखरा ग्राण्डमा १४० कोठा छन् ।
त्यस्तै, अलफ्टमा १६७, सिटी होटलमा १५३, होटल ल्हासामा १०७, अकामा होटलमा १०५ वटा, द मल्लमा १००, सांग्रिलामा १००, इच्छा होटलमा ८९, होटल सेन्ट्रल प्लाजामा ८० र सोल्टी वेस्टेण्डमा ८० कोठा छन् ।