Tuesday, December 24, 2024
Homeपर्यटन४ वटा होटलले नवीकरण नगरेपछि नेपालमा पाँचतारे होटल १७ मात्र

४ वटा होटलले नवीकरण नगरेपछि नेपालमा पाँचतारे होटल १७ मात्र

काठमाडौंः काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले इजाजतपत्र नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ ।

होटलले हरेक ५\५ वर्षमा इजाजतपत्र नवीकरण गर्नुपर्छ । पाँच तारे स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका ठूला होटलले नै इजाजत पत्र नवीकरण गरेका छैनन् । एकसाथ चार वटा पाँच तारे होटल नवीकरण नहुँदा अहिले देशभर पाँच तारे र पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएका होटलको संख्या १७ मात्र कायम भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार विगतमा पाँच तारा स्तरमा वर्गीकरण भएर इजाजतपत्र लिएका होटलले नवीकरणको प्रक्रिया पूरा गरेपछि भने पुनः सोही स्तरमा वर्गीकरण हुन सक्नेछन् ।

यी हुन् नेपालका पाँचतारे होटलहरुः

होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)
सोल्टी होटल लिमिटेड, काठमाडौं
होटल डेला अन्नपूर्ण, काठमाडौं
पोखरा ग्राण्ड, पोखरा
तारागाउँ रिजेन्सी, बौद्ध
द मल्ल होटल, काठमाडौं
होटल साङ्ग्रिला, काठमाडौं
टाइगरवान प्रालि, रुपन्देही
सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज
होटल सेन्ट्रल प्लाजा, कोहलपुर
होटल मेरियट, काठमाडौं
होटल द किङ्ग्सबरी, विर्तामोड
सिटी होटल लिमिटेड, काठमाडौं
होटल अलफ्ट, काठमाडौं
इच्छा होटल, बारा
होटल ल्हासा इन्टरनेसनल, काठमाडौं
अकामा होटल, काठमाडौं

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments