गोठगाउँः सृजना सामुदायिक वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सामुदायिक वनको कार्यालय सुन्दरहरैंचा ७ गोठगाउँमा भएको साधारण सभाले लेखनाथ प्रसाईँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा तारा अधिकारी, सचिवमा विदुर दाहाल, कोषाध्यक्षमा बालकृष्ण रेग्मी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा देवराज आचार्य, सुवास आचार्य, टीकाराम लुइँटेल, चैतन्यप्रसाद उप्रेती, सुशीला विश्वकर्मा, तिला चौधरी, कला राई, सरिता बस्नेत, रमेश आचार्य, शिवप्रसाद भट्टराई र इन्द्रमाया केसी चयन भएका छन् ।
लेखा समितिको संयोजकमा डण्डबहादुर खड्का र सदस्यहरुमा हिमबहादुर कटुवाल र तारा पराजुली चयन भएका छन् ।