Friday, May 8, 2026
Homeअर्थशेयरदुई घण्टामा १ अर्ब ९ करोड रुपैयाँको मात्रै शेयर किनबेच

दुई घण्टामा १ अर्ब ९ करोड रुपैयाँको मात्रै शेयर किनबेच

विराटचोकः आज दुई घण्टासम्मको शेयर बजारमा हरियाली देखिइरहेको छ । तर बजार बढेअनुसार कारोबार रकम भने बढ्न सकेको छैन ।

आज बजार कारोबारको आधा समय अर्थात् २ घण्टाको अवधिमा १ अर्ब ९ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । सबैभन्दा धेरै होटल फरेस्ट इनको ७ करोड ८८ लाख ७० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार साढे १२ अंक हाराहारी बढेर २७३१ बिन्दुको आसपासमा कारोबार भइरहेको छ ।

उच्च कारोबार भएको होटल फरेस्ट इनको सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढी शेयर मूल्य बढेको छ । स्वावलम्बन लघुवित्तको सबैभन्दा धेरै झण्डै साढे ७ प्रतिशतले मूल्य घटेको छ ।

जम्मा ३१५ कम्पनीको २२ लाख ५ हजार कित्ता शेयर २० हजार ५८५ पटकको कारोबारमा किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments