Friday, May 8, 2026
Homeसमाचारप्रधानन्यायाधीश सिफारिशविरुद्ध सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौंः संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शर्माको सिफारिश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनीहरूले अहिलेसम्मको अभ्यास र परम्परा वरिष्ठतामा एक नम्बरमा रहेकालाई सिफारिश गर्ने रहेको दाबी गरेका छन् । वरियतामा चौथो क्रममा रहेका शर्मालाई सिफारिश गर्दा न्यायपालिका स्वतन्त्र नहुने र विकृति आउने दाबी गरिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले यसअघिका अभ्यासलाई तोड्दै वरिष्ठतामा पहिलो स्थानमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा वरियतामा क्रमशm दोस्रो र तेस्रो स्थाना रहेका कुमार रेग्मी र हरिप्रसाद फुँयालभन्दा पछाडि रहेका शर्मालाई सिफारिश गरेको थियो ।

सो सिफारिशमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments