Sunday, May 3, 2026
Homeराजनीतिरास्वपामा उम्मेद्वार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य पास हुनुपर्ने

रास्वपामा उम्मेद्वार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य पास हुनुपर्ने

काठमाडौंः आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न अब ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेद्वार छनोटका लागि यस्तो मापदण्ड तय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन् । उनका अनुसार, चुनावमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा तथा प्रशिक्षण कार्यक्रम अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।

सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेद्वार छनोट रूपरेखा–२०८३’ र ‘महाधिवेशन कार्यविधि–२०८३’ का विषयका साथै ‘संसदीय दलको विधान संशोधन’ लगायत अन्य समसामयिक विषयहरूमा पनि छलफल भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments