विराटचोकः आजदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ ।
विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ ।
यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो ।
विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि गर्न नपाइने जनाइएको छ ।




