Tuesday, April 21, 2026
Homeधर्म र संस्कृतिपथरीमा ध्यान केन्द्र शिलान्यास

पथरीमा ध्यान केन्द्र शिलान्यास

पथरीः मोरङको पथरीशनिश्चरे–१ स्थित श्रीकृष्ण प्रणामी गोपीकृष्ण आश्रममा निर्माण हुने ध्यान केन्द्रको शिलान्यास गरिएको छ ।

जगतगुरु १०८ कृष्णमणिजी महाराजले ध्यान केन्द्रको शिलान्यास गर्दै दिगो, वातावरणमैत्री र समुदायमैत्री संरचना निर्माणमा जोड दिनुभएको छ ।

आश्रमका अनुसार ध्यान केन्द्रले योग, ध्यान तथा सामाजिक गतिविधि सञ्चालनमा सहयोग पुग्नेछ भने स्थानीय स्तरमा सामाजिक सद्भाव र सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

करिब ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो बहुउद्देश्यीय भवनमा सभाहल, प्रतिमा मन्दिर र परिक्रमा पेटी निर्माण गरिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments