विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश सम्पत्ति श्रीमती र छोराहरुको नाममा रहेको उल्लेख गरेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा बुढीगंगा गाउँपालिकामा रहेको घरजग्गा र बुढीगंगा तथा विराटनगरमा गरी अन्य ७ ठाउँमा रहेको जग्गा पनि श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको उल्लेख गरेका छन् ।
बैंक तथा वित्तीय संस्थामा रहेका खातामध्ये आफ्नो नाममा रहेको खातामा बैंकमा २० हजार ८३ रुपैयाँ ९० पैसा रहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले धितोपत्र कारोबार गरेको पनि देखिँदैन । परिवारका अन्य सदस्य श्रीमती र छोराहरुले भने कम्पनीको आईपीओ भर्ने गरेको देखिन्छ । कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा विभिन्न १५ कम्पनीको न्यूनतम १० कित्तादेखि अधिकतम २२७३ कित्तासम्म शेयर रहेको देखिन्छ । कृषि विकास बैंकमा कार्यरता बस्नेतको नाममा सबैभन्दा धेरै २ हजार २७३ कित्ता शेयर सोही बैंकको रहेको छ । छोरा साकेत कार्कीको नाममा विभिन्न १९ कम्पनीको १० देखि ५८ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । शाब्दिक कार्कीको नाममा विभिन्न १८ कम्पनीको १० देखि ४० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी सम्पत्तिको रुपमा रहेका कार्कीले १ करोड ८ लाख २ हजार रुपैयाँ ऋण लिएको ८ लाख ७० हजार रुपैयाँ ऋण तिरेको सम्पत्ति विवरणमा उल्लेख छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट ऋण लिएको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
कृषि फार्म सञ्चालक कानुनमन्त्री
पर्यटनमन्त्री गणेश उप्रेतीको बैंक मौज्दात २ लाख ७८ हजार रुपैयाँ, साढे ३९ लाख ऋण