विराटनगरः कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा २ वटा घडेरी रहेको उल्लेख छ ।
माओवादी केन्द्र कोशी प्रदेशका सचिव समेत रहेका उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुरको जग्गामा घर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् ।
उनले दिएको सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख छ । परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको उप्रेतीले उल्लेख गरेका छन् ।
उनले सामुहिक रुपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरेको पनि विवरण उल्लेख गरेका छन् ।