विराटनगरः आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जनाइएअनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ४ र ६ का ५ ठाउँमा उनको जग्गा रहेको छ ।
१० तोला सुन र ६२ हजार बैंक मौज्दात रहेको जनाएका उनले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको खुलाएका छन् ।
उनले यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फार्म सञ्चालन गरिरहेका छन् ।
पर्यटनमन्त्री गणेश उप्रेतीको बैंक मौज्दात २ लाख ७८ हजार रुपैयाँ, साढे ३९ लाख ऋण