विराटचोकः गत वर्षको माघ ४ गते तामझामका साथ सुन्दरहरैंचा–८ सलकपुरमा शिलान्यास भएको देशकै पहिलो मुक्त रङ्गमञ्च निर्माणको अन्तिम चरणमा रहेको छ ।
शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजका अनुसार माघ महिनाभरमा निर्माणको कार्य सकेर फागुनमा रंगमञ्च उद्घाटन गरी नाटक मञ्चन गर्ने तयारीमा शिल्पी थिएटर रहेको छ । निर्माण सम्पन्न गर्नका लागि तत्काल आर्थिक समस्या रहेकाले त्यसको खोजी पनि भइरहेको उनले जानकारी दिए ।
रंगमञ्च निर्माणका लागि १ महिनाअघिदेखि घिमिरे सुन्दरहरैंचामा नै रहेका छन् । शिल्पी थिएटर सञ्चालक समितिका अध्यक्ष कुमार आले पनि हाल सुन्दरहरैंचामा नै रहेर रंगमञ्च निर्माणमा लागिरहेका छन् । शिल्पीका कलाकारहरु १ महिना सुन्दरहरैंचा– १२ मा रहेको सिद्धेश्वर मन्दिरमा बसेर मुक्त रंगमञ्च निर्माणमा श्रमदान गरेका थिए ।
गत वर्षको माघ ४ गते नायक राजेश हमालले सो रंगमञ्चको शिलान्यास गरेका थिए ।