विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रति तोला १५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ प्रतितोला ४ हजार ९७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।



