इनरुवाः पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन इनरुवा नगरपालिकाको कार्यालयले शुरु गरेको छ । पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य शुरु गरिएको इनरुवा नगरपालिकाले जनाएको छ ।
नगरपालिका कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि ती सामग्री नहटाएपछि नगरपालिकाले डोजरको प्रयोग गरेर ती सामग्री हटाएको हो । इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी सञ्चालित कवाडी व्यवसाय, निर्माण सामग्री राखिएका पसलको सामान हटाइएको पालिकाले जनाएको छ ।



