Saturday, March 28, 2026
Homeराजनीतिपूर्व शिक्षामन्त्री शिशिर खनाल बने परराष्ट्र मन्त्री

पूर्व शिक्षामन्त्री शिशिर खनाल बने परराष्ट्र मन्त्री

विराटचोकः २०७९ सालको निर्वाचनमा विजयी भएर १९ दिन शिक्षामन्त्री बनेका शिशिर खनाल यस पटक परराष्ट्र मन्त्री बनेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए । त्यसपछि त्रिचन्द्र कलेजबाट आइएस्सी गरेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरेका छन् ।

अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरूमा सर्वोदय अभियानमा काम गरेका थिए । उनले सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरे । यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँगाउँ पठाउने काम गरेको थियो । शिक्षकहरूलाई आवश्यक पर्ने तालिम दिने लगायतका काम पनि यो संस्थाले गरेको थियो ।

अमेरिकामा पढ्दा अन्तर्राष्ट्रिय विद्यार्थीबाट कलेज सिनेटर भएका उनले कनेक्टिकट राज्यसभा (प्रदेश संसद) का सिनेटरसँग काम गरेका थिए । सिनेटरको निर्वाचन क्षेत्रका मुद्दा पहिचान र नीति बनाउन सहयोग गरेको अनुभव उनीसँग छ ।

नेपाल फर्केर शिक्षाक्षेत्रमा काम गरेका खनाल २०७९ सालको स्थानीय निर्वाचन क्रममा नेपाली कांग्रेसको घोषणापत्र बनाउने कार्यदलमा थिए । २०७९ सालमा काठमाडौं–६ बाट संसदीय चुनाव लड्ने तय गरेका खनाल पछि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएर चुनावमा उठेर फराकिलो मतान्तरले मुख्य प्रतिष्पर्धीलाई पराजित गरेका थिए ।

चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुँदा खनाल शिक्षामन्त्री भएका थिए ।

उनले सांसदको तीनवर्षे कार्यकालमा अन्तर्राष्ट्रिय समिति सदस्यका रूपमा पनि काम गरेका थिए । उनी तत्कालीन समयमा उठेका समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाबारे संसदको शून्य समयमा उठेर प्रश्न गरिरहने सांसदमा पर्छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments