कञ्चनपुरः हिजो बनेको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छिन् । रास्वपाबाट समानुपातिक सांसद बनेकी रावलको नाम यसअघि सभामुख पदका लागि चर्चामा थियो रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिइन् ।
पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी लामिछानेको सचिवालयमा रहेकी कञ्चनपुरको महेन्द्रनगरकी स्थायी बासिन्दा रावल नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन् ।
रास्वपा गठनको सुरूआतदेखि नै पार्टीमा आबद्ध उनीसँग साउथ एशिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ ।





