Friday, March 27, 2026
Homeराजनीतिनयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौंः नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी भएर ४० वर्षभन्दा बढी काम गरेकी छिन् ।

२०१७ साल पुसमा राजविराजमा जन्मिएकी वरिष्ठ अधिवक्ता भण्डारी कानुन व्यवसायमा सक्रिय थिइन् । कानुनमा स्नातक गरेकी उनले केही वर्षअघि राष्ट्रिय सूचना आयोगमा सूचना आयुक्त भएर पनि काम गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments