काठमाडौंः आज एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाएर लागू गरेको छ ।
धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम कार्यप्रक्रिया बनाई लागू गरिएको नेप्सेले जनाएको छ ।
मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०८२ फागुन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले लागू भएको जानकारी दिएको थियो । नेप्सेले ल्याएको मार्जिन कारोबार कार्यविधिले साना लगानीकर्तालाई समेत ऋण लिएर शेयर किनबेच गर्ने बाटो खोलेको छ ।
अब लगानीकर्ताले आफ्नो पूँजीभन्दा बढी रकम प्रयोग गरी कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।





