Friday, March 27, 2026
Homeकला र साहित्यआज विश्व रङ्गमञ्च दिवस मनाइँदै

आज विश्व रङ्गमञ्च दिवस मनाइँदै

विराटचोकः आज विभिन्न कार्यक्रमका साथ विश्व रङ्गमञ्च दिवस मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् ।

रङ्गमञ्चमार्फत् चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङ आदिलाई लिन सकिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments