Saturday, March 14, 2026
Homeराजनीतिधनकुटामा समानुपातिकतर्फ पनि एमाले नै पहिलो

धनकुटामा समानुपातिकतर्फ पनि एमाले नै पहिलो

धनकुटाः धनकुटाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि नेकपा एमाले नै पहिलो भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले समानुपातिक तर्फ १६ हजार ५६७ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका थिए ।

समानुपातिकतर्फ दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी १४ हजार ६७९ मत पाएको छ । श्रम संस्कृति पार्टी १३ हजार ९६० र नेपाली कांग्रेसले ८ हजार ६५१ मत पाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले १ हजार ६३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २०५ र जनता समाजवादी पार्टीले १ हजार ३६ मत ल्याएका छन् ।

राष्ट्रिय परिवर्तन पार्टीले ५२४, नेपाल संघीय समाजवादी पार्टीले ४८७, राष्ट्रिय जनमुक्ति पार्टीले २८३, राष्ट्रिय गौरव पार्टीले २४४ र नागरिक उन्मुक्ति पार्टी नेपालले २०४ मत प्राप्त गरेका छन् ।

सार्वभौम नागरिक पार्टीले १५५, मंगोल नेशनल अर्गनाइजेशनले १४३, नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टीले १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामका अनुसार अन्य ३९ राजनीतिक दलले सय मत पनि कटाएका छैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments