Friday, March 13, 2026
Homeअपराध११ किलो गाँजासहित दुई जना भारतीय विराटनगरमा पक्राउ

११ किलो गाँजासहित दुई जना भारतीय विराटनगरमा पक्राउ

विराटनगरः पैदल हिँडिरहेका दुई जना भारतीयबाट प्रहरीले ११ किलो गाँजा बरामद गरेको छ ।

आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–३ बाट भारतको अररिया जिल्ला घर भएका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सई सुवास अधिकारी नेतृत्वको प्रहरी टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर साथमा रहेको निलो झोला खानतलासी गर्दा झोलाभित्र लुकाएर राखिएको ११ किलो गाँजा बरामद भएको थियो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । उनीहरूले गाँजा कहाँबाट ल्याएका हुन् र कता लैजान लागेका थिए भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments