Thursday, March 12, 2026
Homeराजनीतिसुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस दोस्रो, श्रम संस्कृति तेस्रो

सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस दोस्रो, श्रम संस्कृति तेस्रो

इटहरीः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी जिल्लामा खसेको समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।

समानुपातिकमा रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै ५२ हजार ३८३ मत ल्याएको छ ।

श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत पाएको छ भने नेकपा एमालेले ३५ हजार ८९२ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले सुनसरी क्षेत्र नम्बर १ बाटमात्रै ३२ हजार २३० समानुपातिक मत पाएको छ । सो क्षेत्रबाट प्रत्यक्षमा पार्टी सभापति हर्क साम्पाङ ३५ हजार ७४१ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले १० हजार ७९ मत प्राप्त गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments