Monday, March 9, 2026
Homeअर्थशेयरआधा मिनेटमै शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक

आधा मिनेटमै शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक

विराटचोकः प्रि ओपन सेसनमा १ दशमलव ६४ प्रतिशत बढेको बजार नियमित कारोबार खुलेको १ मिनेट नबित्दै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

२० मिनेटपछि खुलेको बजारमा आधा मिनेट नभई थप १ प्रतिशत बढेर ५ प्रतिशतको वृद्धि भएपछि पुनः ४० मिनेटका लागि शेयर कारोबार रोकिएको छ । अब १२ बजे मात्रै आजको बजार खुल्नेछ । त्यसपछि पनि थप १ प्रतिशत बढेमा आजका लागि शेयर कारोबार बन्द हुनेछ ।

आज प्रि ओपन सेसनमा शेयर बजार १ दशमलव ६४ प्रतिशत बढेको थियो ।

५ प्रतिशतले बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्सबाहेक बाँकी सबै कम्पनीको शेयरमूल्य बढेको छ । बजार ४ प्रतिशत बढ्दा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेकोमा अहिले सो कम्पनीको मूल्य १० पैसा घटेकाले ९ दशमलव ९५ प्रतिशतमात्रै बढेको छ ।

सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । त्यसपछि नेपाल बैंक, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र सुपर मादी हाइड्रोपावर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

सबैभन्दा थोरै मूल्य बढ्ने कम्पनीमा तारागाउँ रिजेन्सी होटल रहेको छ । सो कम्पनीको ० दशमलव ०४ प्रतिशतमात्रै शेयरमूल्य बढेको छ ।

नारायणी डेभलपमेन्टको उच्च कारोबार भएको बजारमा ङादी ग्रुपको धेरै कित्ता शेयर किनबेच भएको छ भने शिवम् सिमेण्ट्को धेरै पटक कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments