विराटचोकः विराटचोकः फागुन १९ गते खुलेको शेयर बजार त्यसपछि आज खुलेको छ । फागुन २० देखि २२ सम्म चुनाव बिदा, २३ गते शनिबार, २४ गते नारी दिवसको बिदापछि आज बजार खुलेको हो ।
निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसक्न लागेको र रास्वपाले झण्डै दुई तिहाइ हाराहारी सिट ल्याउने सङ्केतका बीच बजार खुलेको हो । चुनावपछिको पहिलो कारोबारको दिन आज शेयर बजारको प्रि ओपन सेसनमा १ दशमलव ६४ प्रतिशत अर्थात् ४४ दशमलव ६३ अङ्क बढेर २७५७ दशमव १२ अङ्कमा रोकिएको छ ।
कारोबार भएका ११८ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको घटेको छ भने तीन कम्पनीको स्थिर रहेको छ ।







