Tuesday, March 10, 2026
Homeफिचरचुनाव जितेपछि आजदेखि महावीर पुनले किताब बेच्न शुरु गर्ने

चुनाव जितेपछि आजदेखि महावीर पुनले किताब बेच्न शुरु गर्ने

विराटचोकः हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले आजदेखि आफ्नो आत्मकथा बिक्री गर्नुुहुने भएको छ ।

सामाजिक सञ्जालमा आज सवा ८ बजे स्टाटस लेख्दै पुनले आज पोखरामा किताब बेच्ने बताउनुभएको हो ।

यस्तो छ महावीर पुनले लेखेको स्टाटस ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ । चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगञ्जमा कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’

पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव जित्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments