Friday, September 11, 2026
Homeराजनीतिव्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योगमन्त्रीले दिइन् राजीनामा

व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योगमन्त्रीले दिइन् राजीनामा

विराटचोकः सरकारलाई असहयोग गरेको भन्दै ग्यास व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छिन् ।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

यादवले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

उनको स्थानमा सुनसरीबाट निर्वाचित सांसदलाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments