जाजरकोटः नेपाली कम्युनिष्ट पार्टीबाट जाजरकोटमा उम्मेद्वार रहेका पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । बस्नेतले १७ हजार ४०७ मत ल्याउँदा नेपाली कांग्रेसका खड्गबहादुर बुढा २० हजार १४२ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत र रास्वपाका राघव कार्कीले २ हजार ४७१ मत पाए ।
अन्य उम्मेद्वारले ३६० भन्दा कम मत पाएका छन् ।
जाजरकोटमा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार बनेका शक्ति बस्नेत ३४ हजार १५१ मत ल्याएर विजयी भएका थिए । उनै बस्नेतलाई बुढाले पराजित गरेका हुन् ।
योसँगै नेपाली कांग्रेसले जितेको सिट संख्या ७ पुगेको छ ।







