Saturday, March 7, 2026
Homeराजनीतिसोबिताले हराइन् रेणुलाई, हालसम्मका विजेतामध्येको सर्वाधिक ५९ हजार २७७ मत पाइन् सोबिताले

सोबिताले हराइन् रेणुलाई, हालसम्मका विजेतामध्येको सर्वाधिक ५९ हजार २७७ मत पाइन् सोबिताले

विराटचोकः ५९ हजार २७७ मतसहित चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेद्वार सोविता गौतम विजयी भएकी छिन् । यो मत हालसम्मका विजयी उम्मेद्वारले पाएको मतमध्ये सबैभन्दा धेरै हो ।

यो अहिलेसम्मकै सर्वाधिक मतको जीत हो । गौतमकी निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६६२ छ । बाँकी उम्मेद्वारको जमानत जफत भएको छ ।

पराजित भएपछि फेसबुकमा स्टाटस लेखेर सोवितालाई रेनुलाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छिन् ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र एमाले उम्मेद्वार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । यसपटक राप्रपाका उम्मेदवार दीपक थापा मगरले जम्मा १ हजार २२६ मत मात्रै ल्याए ।

बाँकी उम्मेद्वारले ७०० मत कटाउन सकेनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments