Saturday, March 7, 2026
Homeराजनीतिभक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, एमालेका महेश बस्नेतको लगातार दोस्रो हार

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, एमालेका महेश बस्नेतको लगातार दोस्रो हार

भक्तपुरः फागुन २१ गते भएको निर्वाचनमा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री २४ हजार २३९ मत ल्याएर विजयी भएका थिए ।

खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् । बस्नेत अघिल्लो निर्वाचनमा २३ हजार २८२ मत ल्याउँदा पनि पराजित भएका थिए ।

नेपाली कांग्रेसका कविर राणाले ८ हजार ३०५ मत प्राप्त गरेका छन् । नेमकिपाका रमेश वैद्यले ३ हजार १५४ र नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १ हजार १८३ मत ल्याएका छन् ।

अन्य उम्मेद्वारले १ हजारभन्दा कम मत ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments