Saturday, March 7, 2026
Homeराजनीतिकांग्रेसका बागी उम्मेद्वार आशिष शर्माको कपिलवस्तु १ मा अग्रता, पछिपछि रास्वपा र...

कांग्रेसका बागी उम्मेद्वार आशिष शर्माको कपिलवस्तु १ मा अग्रता, पछिपछि रास्वपा र कांग्रेस

विराटचोकः नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माले कपिलवस्तु १ मा अग्रता लिएका छन् । रास्वपाले अग्रता लिइरहेको सो क्षेत्रमा पछिल्लो मतगणनामा शर्मा अगाडि आएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माले १० हजार ५८८ मत ल्याएका छन् । रास्वपाका मोहनलाल आचार्यले १० हजार १२८ र नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले ९ हजार ५१२ मत ल्याएका छन् ।

अन्य उम्मेद्वारको मत १ हजार ८०० भन्दा कम छ ।

सो निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मतसहित विजयी भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments