Saturday, March 7, 2026
Homeराजनीतिडोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

डोटीः सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेद्वार भरतबहादुर खड्का विजयी हुनुभएको छ । गत निर्वाचनमा डोटीमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका प्रेमबहादुर आले २७ हजार २१० मत ल्याएर विजयी हुनुभएको थियो ।

खड्काले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले पराजित गर्नुभएको हो । विजयी कांग्रेस उम्मेद्वार खड्काले १४ हजार ८९७ मत ल्याउँदा एमाले उम्मेद्वार धामीले १४ हजार ११० मत ल्याउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्टले ५४१३ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याउनुभएको छ ।

निर्वाचनमा कांग्रेस हालसम्म ६ निर्वाचन क्षेत्रमा विजयी भएको छ । प्रथम स्थानमा रहेको रास्वपा ३४ निर्वाचन क्षेत्रमा विजयी भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments