विराटचोकः बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाले ३५ सिटमा जीत हासिल गरेको छ भने ८४ सिटमा अग्रता लिएको छ ।
रास्वपाले जितेका ३५ जनामध्ये रुपन्देही ३ मा रास्वपाका डा. लेखजंग थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । थापाले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत ल्याएका छन् ।
नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन् । राप्रपाका गौरव बोहोराले ७ हजार ७८९ र नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खाँले २ हजार ५९४ मत ल्याएका छन् ।
अन्य उम्मेद्वारले ८०० मत पनि कटाएका छैनन् ।
सो निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा राप्रपाका दीपक बोहोरा ३६ हजार ७१७ मतसहित विजयी भएका थिए ।







