विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेको दोस्रो सिट बझाङबाट प्राप्त भएको छ । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर १८ हजार ५४३ मतका साथ विजयी हुनुभएको छ ।
महरका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याउनुभयो ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ९ हजार ७५७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्रकुमार सिंहले ९ हजार २६३ मत पाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका भरत मल्लले ५२०, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याउनुभएको थियो ।
महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित हुनुभएको थियो ।
महर ०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
नेकपा एमालेले बाँके २ मा पनि जीत हासिल गरेको छ ।







