Tuesday, April 21, 2026
Homeराजनीतिनेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित विजयी

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित विजयी

विराटचोकः नेपाल मजदुर किसान पार्टीको किल्लाको रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी हुनुभएको छ ।

रन्जितले ३३ हजार ४३६ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभएको छ । गत निर्वाचनमा सुवाल ४२ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको थियो ।

अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसकी किरण न्यौपानेले ४ हजार २८२, नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरतबहादुर खड्काले २ हजार ४७२ र नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजूले १ हजार १७७ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments