Thursday, March 5, 2026
Homeअर्थनिर्वाचनको बिदामा पनि आयल निगमका डिपो खुला रहने

निर्वाचनको बिदामा पनि आयल निगमका डिपो खुला रहने

काठमाडौंः प्रतिनिधिसभा निर्वाचनको तयारीबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निर्णय गरेको छ ।

निगमले मतदाता र आम नागरिकलाई इन्धनको अभाव नहोस् भनी विशेष व्यवस्थाको तयारी गरेको हो । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय (विराटनगर) २२ र २४ गते, मधेस प्रादेशिक कार्यालय (अमलेखगञ्ज) १९, २० र २३ गते खुला रहने भएका छन् ।

बाग्मती प्रादेशिक कार्यालय (थानकोट) १८, २० र २३ गते, गण्डकी प्रादेशिक कार्यालय (पोखरा) २०, २३ र २४ गते, लुम्बिनी प्रादेशिक कार्यालय (भैरहवा) १७, १८, २० र २३ गते, कर्णाली (सुर्खेत) १८ र २० गते, र सुदूर पश्चिम (धनगढी) १९, २० र २२ गते खुला रहने भएका छन् ।

धनुषा महेन्द्रनगर इन्धन डिपो (२२ र २४ गते), नेपालगञ्ज डिपो (२० र २२ गते ), झापा चारआली शाखा (२२ र २४ गते ) तथा वीरगञ्ज शाखा कार्यालय (२०, २२, २३, २४ गते) सञ्चालन हुने निगमले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments