Thursday, March 5, 2026
Homeराजनीतितपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?, तपाईँले भोट हाल्न पाउनुहुन्छ,...

तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?, तपाईँले भोट हाल्न पाउनुहुन्छ, तर गणना हुँदैन

विराटचोकः आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान हुँदैछ । मतदान अपराह्न्न ५ बजेसम्म जारी रहनेछ ।

राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । तर कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि हुन्छ ।

आफ्नो नाममा अर्कैले मतदान गरेमा निर्वाचन आयोगले वैकल्पिक व्यवस्था गरेको हुन्छ । नक्कली मतदाताले खसाल्ने मत मतपेटिकामा पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था नहुने हुनाले पहिले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिँदैन पनि । पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने मौका पाउँछ । मौका पाए पनि विशेष परिस्थितिमा बाहेक सो मत गणना हुँदैन ।

आफ्नो नाममा अर्कैले मत खसालेको रहेछ भने पनि वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । उसले मत व्यक्त गरेको मतपत्रलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ । सो मत निश्चित परिस्थितिमा मात्रै गणना हुन्छ । उम्मेदवारहरुबीच मत बराबर भएमा वा अन्य परिस्थितिमा अदालतको आदेशमा निविदा मतपत्र गणना गरिन्छ । अरु अवस्थामा त्यसको उपयोग हुँदैन ।

कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दाबी गर्न पाउँछ । त्यसपछि मतदान अधिकृतले ऊ वास्तविक मतदाता हो होइन भन्ने यकिन गर्छ । र, वास्तविक मतदाता हो भन्नेमा मतदान अधिकृत विश्वस्त भएमा त्यो विवरण खुलाई अभिलेख राखी निर्णय हुन्छ । अनि त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिएर मतदान गर्न पठाइन्छ ।

मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments