Thursday, March 5, 2026
Homeसमाचारनिर्वाचनको दिन पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा उपलब्ध गराउने

निर्वाचनको दिन पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा उपलब्ध गराउने

काठमाडौंः आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म शटल बस सेवा उपलब्ध गराइने भएको हो । उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । शटल बस सेवा तोकिएका मार्गमार्फत् नियमित रूपमा आवतजावत गर्नेछन् ।

पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, ¥याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटल हुँदै विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ । यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको बसमार्फत सेवा उपलब्ध हुनेछ ।

दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रिजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ । यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस परिचालन गरिनेछ ।

तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ । यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस परिचालन हुने बोर्डले जनाएको छ ।

बोर्डका निमित्त निर्देशक सुनिल शर्माले निर्वाचनका दिन यात्रुहरूलाई समयमै विमानस्थल पुग्न तथा गन्तव्यसम्म सुरक्षित रूपमा आवतजावत गर्न उक्त सेवाको उपयोग गर्न आग्रह गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments