Sunday, March 1, 2026
Homeराजनीतिलेटाङमा नेकपा एमालेको मोटरसाइकल र्याली

लेटाङमा नेकपा एमालेको मोटरसाइकल र्याली

लेटाङः नेकपा एमालेले हिजो लेटाङ नगरपालिकामा मोटरसाइकल र्यालीसहित कोणसभा सम्पन्न गरेको छ ।

लेटाङ बजारको बीपी चोकबाट शुरु भएको मोटरसाइकल र्याली मिलन चोकबाट खेरुवा, जाँते बजार, जाँते मदनचोक, बुढौली चोकबाट खेरुवा हुँदै पुन लेटाङ बजार पुगेर बजार क्षेत्र परिक्रमा गरि बीपी चोकमा कोणसभामा परिणत भएको थियो ।

सो र्यालीमा सयौँ मोटरसाइकलसहित सहभगी भएका नेकपा एमालेका नेता कार्यकर्ताले नेकपा एमालेको पक्षमा नाराबाजी गर्नुका साथै नाचगान समेत गरेका थिए । उनीहरुले भोट के मा सूर्यमा, नेकपा एमाले जिन्दावाद, मोरङ १ ले के भन्छ, घनश्याम खतिवडा ले भन्छ, जस्ता नारा लगाएका थिए ।

मोटरसाइकल र्यालीपछि भएको कोणसभालाई मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडा र नेकपा एमालेका केन्द्रीय सदस्य मनोज ताम्लीले सम्बोधन गर्नुभएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार घनश्याम खतिवडाले उत्तरी मोरङको विकासका लागि आफूले मदन भण्डारी राजमार्ग र तमोर चिसाङ डाइभर्सन परियोजना जस्ता आयोजना अघि सारेको भन्दै बाँकी रहेका काम पूरा गर्न जिताएर पठाउन आग्रह गर्नुभयो ।

उहाँले आफ्नो क्षेत्रमा रहेको जग्गाधनिपूर्जाको समस्या समाधान पनि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उम्मेद्वार खतिवडाले यसअघि आफूले जितेर जाँदा सबै दललाई समान व्यवहार गरेको सम्झदै आफ्नो जीतका लागि सहयोग गर्न सबै दलहरूलाई आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य ताम्लीले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुले देशलाई सिक्किम र युक्रेन बनाउने जोखिम रहेको भन्दै राष्ट्रको अस्मिता जोगाउन पनि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments