Sunday, March 1, 2026
Homeराजनीतियस्ता छन् मोरङ क्षेत्र नम्बर ३ मा जय मातृभूमि पार्टीका उम्मेद्वार नवराज...

यस्ता छन् मोरङ क्षेत्र नम्बर ३ मा जय मातृभूमि पार्टीका उम्मेद्वार नवराज मास्केका चुनावी प्रतिबद्धता

विराटचोकः मोरङको क्षेत्र नम्बर ३ मा उम्मेद्वारी दिएका जय मातृभूमि पार्टीका नवराज मास्केले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडीका साथै रेफ्री एशियन कराते महासंघका पदाधिकारी मास्केले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को विकासका लागि १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

यस्ता मास्केका चुनावी प्रतिबद्धता

१) नागरिकको स्वास्थ्य, शिक्षा र अवसरको दायित्व सरकारको हो । इमान्दारिता र देशभक्ति नागरिकको कर्तव्य हो । गर्भावस्थादेखि नै आमा र बच्चालाई निःशुल्क चिकित्सा र पौष्टिक आहारको व्यस्थापन गर्ने नीति ल्याइनेछ ।

२) प्रविधि र सुविधा सम्पन्न विद्यालयमा सम्पूर्ण बालबच्चालाई निःशुल्क शिक्षा र प्राविधिक तालिमको अवसर सिर्जना गरेर शिक्षित, सक्षम, इमान्दार, देशभक्त राष्ट्रप्रेमी नागरिक तयार गरिने नीति ल्याइनेछ ।

३) हरेक नगर अस्पताललाई प्रविधि र प्राविधिकहरूको सम्पन्नतासहित उच्चतम् उपचार सेवा निःशुल्क गराउने नीति ल्याइनेछ ।

४) कृषि, पर्यटन, उर्जा, उद्योग तथा उत्पादनलाई सरल लगानी गरी आधुनिक स्रोतसाधनबाट आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासका लागि ‘उत्पादन कृषकको बजारीकरणको जिम्मा राज्यको’ हुने नीति ल्याइनेछ ।

५) अनियन्त्रित तथा अभावपूर्ण बसाइँसराइँ न्यूनीकरणका लागि नीति ल्याइनेछ ।

६) समाजमा वृद्धाश्रम र अनाथालयको आवश्यकतालाई निर्मूल पारी सपरिवार ससम्मान, सुखमय जीवन यापन गर्न सक्ने सामाजिक आधार स्थापित गरिने नीति ल्याइनेछ ।

७) खेलकुद, कला, संस्कृति र मनोरञ्जनजस्ता विषयलाई संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पेशागत गरिने नीति ल्याइनेछ ।

८) स्वदेशी आविष्कार र उत्पादनलाई व्यवसायिकीकरण गरी राष्ट्रले नै संरक्षण र सम्बद्र्धन गर्ने नीति ल्याइनेछ ।

९) रेमिटेन्सको रकमलाई राष्ट्रले नै सुरक्षा दिने गरी सिधै शेयर तथा उत्पादनमा लगानी गरी त्यसको मुनाफा लाभांश दिने नीति ल्याइनेछ ।

१०) बन्द भएका देशभरका सरकारी उद्योगधन्दाहरु सञ्चालन गर्न अध्ययन अनुसन्धान गरी आवश्यक कारवाही र प्रक्रिया अगाडि बढाइनेछ ।

११) जेनजीको सपना तथा बलिदानलाई सम्मान गर्दै ‘भ्रष्टाचारमा संलग्न हुनु भनेको आमाको रगत खानु सरह हो’ भन्ने उक्तिलाई पछ्याउँदै समाजमा सुशासनको लागि कडा नीति ल्याइनेछ ।

१२) मिटर ब्याज, लघुवित्त, सहकारी तथा बैंकिङ बेथितिविरुद्ध सुरक्षित, जनमुखी आर्थिक तथा मौद्रिक नीति ल्याइनेछ ।

१३) स्वदेशमै अवसर सिर्जना गरी विदेशिएको जनशक्तिलाई मातृभूमिमै फिर्ता गर्न आवश्यक नीति ल्याइने छ ।

१४) देशको शान्ति, सुरक्षा, अमनचयन, भौगोलिक अखण्डता, स्वाभिमान, सार्वभौमसत्ता, धर्मसंस्कृति तथा प्रकृतिको रक्षा र विकासका लागि उत्कृष्ट नीति ल्याइनेछ ।

१५) विद्यार्थीलाई उत्पादन तथा निर्माण सेनाको रूपमा रहने नीति ल्याई १८ वर्ष उमेर पुगेका तथा १२ कक्षाको परीक्षा दिएपछिका युवाहरुलाई ‘देश दर्शन’ का साथै आत्मरक्षा, जीवनरक्षा र मातृभूमि रक्षाको शिक्षा दिन कम्तीमा तीन महिना अध्ययन भ्रमणसहित तालिम प्रदान गरिने नीति ल्याइनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments