खाँदबारीः संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँच्चिँदा टिपर चालक घाइते भएका छन् ।
शनिबार बिहान साढे ८ बजे बेलिब्रिज भाँच्चिएर नदीमा खस्दा टिपर चालक गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा प्रदेश ०३ ००१ क २९२० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ घाइते भएको नुम प्रहरी चौकीले जनाएको छ ।
घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।
सो टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि सामान बोकेर जाँदै थियो । दुर्घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीबाट करिब ४९ किलोमिटर टाढा पर्छ ।







