सुन्दरहरैंचाः माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ५२ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।
महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।
पुस २४ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेद्वारलाई निर्वाचन चिह्न वितरण हुने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक