Sunday, October 18, 2026
Homeधर्म र संस्कृतिशुक्र अस्तले दशैंका कर्म रोकिँदैन, ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’

शुक्र अस्तले दशैंका कर्म रोकिँदैन, ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’

काठमाडौंः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भन्ने प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले शारदीय नवरात्र आश्विन शुक्ल पक्षको वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्तले चाड मनाउन फरक नपर्ने बताउनुभयो ।

समितिले शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्ममा बन्देज नरहेको भन्दै सामाजिक सञ्जालका हल्लामा नपर्न र जानकारसँग सरसल्लाह गर्न अनुरोध गरेको छ ।

शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।

वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाका पछि लाग्नुपूर्व यस विषयका जानकार धर्मशास्त्रविद् एवं समितिका पदाधिकारीसँग सरसल्लाह, परामर्श गर्न पनि समितिले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यही असोज २८ गते बुधबार दिउँसो १३ः४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ः४९ बजे उदय हुने समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments