Tuesday, December 24, 2024
Homeफिचरसामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली

सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली

विराटचोकः आज नेपाली शेयर बजार ३६ दशमलव ५७ अंकले घटेर २ हजार ५९ दशमलव ४९ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर ९९ हजार ५२४ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ५ रुपैयाँको शेयर कारोबार भएको छ ।

सामुहिक लगानी कोषबाहेक सबै समूहमा हरियाली छाएको बजारमा सबैभन्दा बढी जीवन बीमा समूह ३ दशमलव ७२ प्रतिशतले बढेको छ । जलविद्युत समूह २ दशमलव ८१ प्रतिशत र लगानी समूह २ दशमलव ६१ प्रतिशतले बढेको छ ।

आज पनि सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा धेरै २१ करोड ८४ लाख ८२ हजार ८८० रुपैयाँको कारोबार भएको छ । माउण्टेन इनर्जी लिमिटेडको १९ करोड ३६ लाख ९८ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । १० ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा जम्मा २१३ कम्पनीको शेयरमूल्य बढेको छ ।

तेह्रथुम पावर कम्पनी, मोदी इनर्जी, त्रिशुल जलविद्युत् कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, सामलिङ पावर र कालिका पावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ४६ प्रतिशतले घटेको छ । २९ कम्पनीको शेयरमूल्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ३४ अर्ब ७३ करोड ९६ लाख ४९ हजार ७४६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments